समय : ०९:२१ am | शनिबार , श्रावण १२ गते २०८१

भाइले धारिलो हतियार प्रहार गर्दा दाइ गम्भीर

स्वर्गद्वारी अपडेट | मंसिर ३ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्डको कुवुकास्थलीमा भाइले प्रहार गरेकाे धारिलाे हतियारबाट दाइको अवस्था गम्भीर बनेको छ । गएराति घरायसी विवाद हुँदा उमाकुण्ड गाउँपालिका– ३ कुवुकास्थलीस्थित कोलाका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ वर्षीय देवबहादुर बस्नेतमाथि धारिलाे हतियार प्रहार गरेका थिए ।

भाइकाे हतियार प्रहारबाट दाजु देवबहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानीयहरूले घटनास्थलबाट तत्काल उद्धार गरी स्वास्थ्य चौकी लगेका थिए ।स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शैलेन्द्रकुमार खड्काले जानकारी दिए ।उक्त घटनापछि हतियार प्रहार गर्ने ओसिरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीकाे भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page