समय : ०५:३४ am | शनिबार , श्रावण ११ गते २०८१

माण्डवीमा गोठ आगलागी हुँदा करिव २५ लाख बराबरको क्षति

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८०

प्युठान।माण्डवी गाउँपालिका -३ जस्पुरमा रहेको जलजला कृषी तथा पशुपंक्षी फर्ममा बिहिबार आगलागी भएको छ।

आगलागी बाट गोठमा रहेको ११ वटा खसी र १ वटा बयर बोका सहित १७ वटा कुखुरा जलेर मरेको छ । गोठमा रहेका १५ वटा २०० लिटरको ड्रम ,मकै १० बोरा ,परान दाना, गहुँ र घर बनाउन प्रयोग गरिने काठको दार र झ्याल ढोका समेत जलेर नस्ट भएको फर्म संचालक अन्जना थापाले बताईन।उनले भनिन –" रातको समय १२:३० बजेको समयमा बिद्दुतको तार सट भएर गोठमा आगलागी भएको हो।सबै गरेर करिव २५ लाख बराबरको  क्षति भएको फर्म संचालक थापाको भनाई छ।

आगो नियन्त्रणका लागि अस्थाई प्रहरी पोस्ट जस्पुरका प्रहरी टोलि सहित स्थानीयवासी घटनास्थलमा पुगेका थिए। हर प्रयास गर्दा आगो नियन्त्रणमा ल्याउन नसकेको हुँदा धेरै क्षति भएको प्रहरीले जनाएको छ।आगलागीबाट भने कुनै मानवीय क्षति भएको छैन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page