समय : १२:३६ pm | शनिबार , श्रावण १२ गते २०८१

नेपाल संवत सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री पुष्पकमल दाहाल

स्वर्गद्वारी अपडेट | कार्तिक २५ गते २०८०

२५ कात्तिक,

स्वर्गद्वारी अपडेट समाचा डेक्स । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । उनले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने बताए ।प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको स्मरण गरे

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page