समय : १२:०३ pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा प्लाष्टिकजन्य फूल मालामा रोक

सन्तोष सुनार | कार्तिक २४ गते २०८०

कार्तिक २४ गते प्युठान । जिल्लाको माण्डवी गाउँपालिकाले स्थानियवासीहरुलाई प्लाष्टिकजन्य फूल मालाको प्रयोगमा रोक लगाएको छ । शुक्रवार एक विज्ञप्ति निकाली वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) ले दिएको अधिकार प्रयोग गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध लगाएको व्यहोरा जानकारी गराउदै यस वर्ष नजिकिदै आईरहेको नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउन आग्रह गरेको छ । गाउपालिकाले प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकाले माण्डवी गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सयपत्री र मखमली लगायतका फूलहरु उत्पादन भईरहेको परिप्रेक्ष्यमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरु एवं सो फूलबाट बनेका मालाहरु मात्र प्रयोग गर्ने गाउँपालिकाले जनाएको छ । । यदि कसैले नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाइने व्यहोरा समेत पत्रमा उल्लेख रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page