समय : ०८:१४ am | शनिबार , श्रावण १२ गते २०८१

विजयनगरको शिवालय मेलामा मारुनी नाँचको प्रतिस्पर्धा हुने

सन्तोष सुनार | कार्तिक २४ गते २०८०

कार्तिक २४ गते
प्युठान । जिल्लाको प्युठान नगरपालिका ३ विजयनगर स्थित बाल मन्दिरमा तिहारको भाईटिका पछि पञ्चमीको दिन लाग्ने शिवालय मेलामा मारुनी नाचको प्रतिस्पर्धा हुने प्युठान नगरपालिकाका प्रबक्ता तथा ३ न. वडा अध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिए।
विगत देखि नै लाग्दै आएको शिवालय मेलालाइ थप व्यवस्थित, प्रभावकारी बनाउन मारुनी नाचको प्रतिस्पर्धा गराएर लैजाने निर्णय भएको श्रेष्ठले बताए ।
प्युठान नगरपालिकाको भित्र शिवालय मेलाको ऐतिहासिक महत्त्व, कला सस्कृतिको जगेर्ना र व्यवस्थित मेलाका लागि प्युठान नगरपालिका मेयर कोष मार्फत २ लाख बिनियोजित भएको हो ।मुल मेला व्यवस्थापन समितीको संयोजक किरण खड्का र शिवलाय मेला व्यवस्थापन समितिको संयोजक इश्वर सिंह विष्ट रहनु भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page