समय : १२:१४ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठान नगरपालिकाको अखिल क्रान्तिकारी अध्यक्षमा सर्वसम्मत भण्डारी निर्वाचित

सन्तोष सुनार | कार्तिक २२ गते २०८०

प्युठान। जिल्लाको प्युठान नगरपालिको अखिल क्रान्तिकारी अध्यक्षमा सर्वसम्मत सिता भण्डारी निर्वाचित भएकी छिन । मङ्गलवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी समिति दोस्रो प्युठान नगरपालिकाको सम्मेलनबाट सिता भण्डारी सहित ४५ सदस्यीय नगर कमिटि निर्वाचित हुनु भएको हो ।

उपादक्ष्य दिनेस रिजाल ,यादव योगी रेजिना घर्ति , मनोज जि.सी ,सचिव भुवन विश्वकर्मा , सहसचिव आसा भण्डारी , सुस्मिता के.सी. एन्जिल गीरी र इन्द्रा योगी, कोषादक्ष्यमा दिलमाया विक सहित ४५ जना नगरकमिटिमा निर्वाचि भएका हुन । कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेम विश्वकर्माले प्युठान नगरपालिका तेस्रो अधिवेशन सोचे भन्दा राम्रो र विद्यार्थीहरुमा क्रियाशील तथा स्वरुपमा विद्यार्थीको हक अधिकारको लागी निरन्तर लड्ने विद्यार्थीहरुले अखिल क्रान्तिकारी भएको विचाहरु व्यक्त गर्दा आफुले गर्व लागेको बताउदै निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका थिए।


प्युठान नगरपालिका ४ सहित प्रतिष्ठान जुम्रीमा नगरपालिका अध्यक्ष सन्तोष सुनारको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पाटी प्युठानको संयोजक नमराज अधिकारी रोसन , नेकपा माओवादी केन्द्र पाटी अध्यक्ष प्युठान नगरपालिका अध्यक्ष विष्णु बहादुर योगी , सचिव सुमन राज श्रेष्ठ , अखिल क्रान्तिकारी प्युठानका इन्चार्ज पुष्कर शर्मा , केन्द्रिय सदस्य तुल्सी न्युपाने , प्रेस सेन्टरका केन्द्रिय लेखा समिति संयोजक तुफान अधिकारी , अखिल क्रान्तिकारी प्युठानका उपादक्ष्य सुसिला घर्ति मगर , झिमरुक बहुमुखि क्याम्पसको स्वीयुका अध्यक्ष नरेस पुन मगर , तथा विद्यार्थीको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन उपादक्ष्य तारा बहादुर घर्तिले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page