प्युठान।माण्डवी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका सम्पूर्ण कार्यरत कर्मचारीको २ दिन बराबरको तलव र जनप्रतिनिधिको २ दिनको सेवा सुबिधाको रकम प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।