समय : १०:१५ am | शनिबार , श्रावण १२ गते २०८१

भुकम्प पीडितलाई प्युठान नगरपालिकाले ५ लाख सहयोग गर्ने

सन्तोष सुनार | कार्तिक २० गते २०८०

प्युठान । जिल्लाको प्युठान नगरपालिकाले नगर क्षेत्रभित्रका भुकम्प पीडितलाई ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । सोमवार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बैठकको निर्णय अनुसार नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुबिदा नेपाल सरकारलाई उपलब्ध गराउने भएको समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो । । साउदी अरेबियामा रोजगारीको सिलसिलामा गएका प्युठान नगरपालिका ३ बिजयनगरका सन्तोष कुमालको दुःखद निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारको आर्थिक अवस्था अति न्युन भएकाले ४० हजार सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाको शिक्षा शाखामा नेपाल बिद्यार्थी संघद्रारा लगाइएको तालाका सन्दर्भमा बार्ता, सम्वाद र प्रतिबेदन लेखन समिति बनाएर हल गर्ने निर्णय भएको छ। समितिको संयोजकः देबेन्द्र वर्मा र सदस्यहरुमा सुमनराज श्रेष्ठ,नन्दराम पुन, रेशम कार्की, सदस्य सचिबस् प्रशासन शाखा प्रमुख रहेको समिति गठन गरीएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page