समय : ०६:२८ am | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा प्रहरीद्वारा नागरीक सुनुवाई कार्यक्रम

सन्तोष सुनार | कार्तिक १९ गते २०८०


प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा जिल्ला प्रहरी कार्यलय प्युठानले नागरीक सुनुवाई कार्यक्रम गरेको छ ।

शनिवार जिल्ला प्रहरी कार्यलय प्युठानले समुदाय प्रहरीको साझेदारीमा नौबहिनी गाउँपालिका १ स्याउलीबाङमा एक कार्यक्रम बिच नागरीक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वर बहादुर थापाले नौबहिनीमा २०७७ यता विभिन्न अपराधमा परी कानुनको दाएरमा रहेका , आत्महत्या गरेका , चोरी, बलात्कार सम्बन्धि मुद्दा परेको र अभियोग भोगी रहेको सम्बन्धि रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । साथै उहाले लागुऔषध , मादक पदार्थ , धुम्रपानहरुको सेवनलाई रोक्न सम्पुर्ण जनसमुदायलाई आग्रह समेत गर्नु भएको थियो । थापाले जिल्लामा आत्म हत्या बढ्दो क्रममा रहेकाले यसलाई न्युनिकरण गर्न सहयोग र साथ दिन समेत अपिल गर्नु भएको थियो ।

आफ्नो गाउँ आफै बनाउँ सभ्य समाजको निर्माण गरौँ भन्ने उदेश्यको साथ समाजमा सक्रिय रहि परिवर्तनशील हुन भनाई समेत थापाले राख्नु भएको थियो । कार्यक्रममा स्थानीय नागरीकले स्याउलिबाङ्गको मुख्य समस्याहरु भनेको विजुली, मोटरबाटो , प्लस टु शिक्षा र महिला प्रहरीको व्यवस्था गरिदिने गुनासो राखेको थिय । विुजुलीको लागी बजेट आएको तर ठेक्का दिने ठेकेदार अहिले सम्म कुनै सामान नलिएको तथा काम गर्न ठेकेदारले जनश्रम लगाउने तथा गर्नुपर्छ भनेर दबाफ दिई रहेको समेत धाराण व्यक्त गरेका थिए । कार्यक्रममा विशिष्ट अथिति रहनु भएका जिल्ला प्रशसान कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले विजुलीको समस्यालाई तुरुन्तै समाधान गर्ने बताउनु भएको थियो ।

मोटरबाटोलाई गाउपालिकासँग समन्वय गरी विस्तार गर्ने बताउनु भएको हो । त्यस्तै शिक्षालाई शिक्षा एकाई सँग छलफल गरी निश्कर्ष निकाल्ने समेत बताउनु भएको थियो । नौबहीनीले पर्यटन लागी निकै आकर्षक बोकेकाले पर्यटनको सम्भावना रहेको लुम्बिनी सरकारका बन तथा वातावरणको सचिव मोहोन राज काफ्ले बताउनु भएको थियो । यहाँ रहेका धार्मिक तथा रमणीय प्राकृतिक सम्पदाहरुलाई संरक्षण तथा समधान गर्न देखिएका समस्याहरु स्थानीय सरकार मार्फत पठाएमा आफु समधान गर्न तत्पर रहेको बताउनु भएको थियो । प्युठानको नौबहिनी र गौमुखीमा पर्यटन अभिवृद्वि गर्नका लागि कार्यक्रमहरु सञ्चालन गरेको संरक्षित क्षेत्रमा घोषणा गर्न कानुन कार्यपछि हुने र व्यवसायीक योजना बनाएर वन डिभिजन मार्फत गराउने समेत सचिव काफ्ले बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला अस्पताल विजुवारको सुपरीटेन्ट प्रमिला खनालले स्वास्थ्य भनेको जीवन हो यसलाई स्वस्थ राख्न, दैनिक व्यायम , खानपिनमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।

अस्पताललाई विगत भन्दा व्यवस्थित गरेको अझ गराउने साथ लागेको बताउनु भएको थियो । अस्पतालमा विभिन्न रोगहरुको उचार तथा विशेषज्ञ डाक्टरहरुको व्यस्थापन रहेकाले स्वास्थ्यमा केही समस्याहरु भएमा अस्पतालमा उपचार गराउन बताउदै रोग सुरुवाती चरणमा निर्मुल गराईयो भने छिट्टो उपचार हुने आर्थिकमा पनि कम लाग्दा मानशिक तनावमा नपर्ने समेत बताउनु भएको छ । अस्पताललाई थप व्यवस्थित गर्नका लागी जिल्लामा रहेका सबै पालिकाले सहयोग ध्यानकर्षण गरिदिन भनाई राख्न् भएको थियो । नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा वन डिभिजन कार्यलय प्रमुख , मालपोत कार्यलय प्रमुख , विजुवार अस्पतालको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल राजनैतिकदलहरु ,सञ्चारकर्मी सन्तोष सुनार , प्रहरी तथा जनसमुदाएको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कृष्ण रानाले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page