समय : ०२:३२ pm | शनिबार , श्रावण १२ गते २०८१

वडाअध्यक्ष श्रेष्ठद्वारा ग्रामीण सडकहरु मर्मतका लागी आर्थिक प्रधान

सन्तोष सुनार | कार्तिक १५ गते २०८०


प्युठान । प्युठान नगरपालिकाल ३ का वडाअध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले ग्रामीण सडकहरु मर्मतका लागी आर्थिक सहयोग गरेका छन ।

नयाँ पुस्ता नेताहरुमा नेकपा माओवादी केन्द्रका नगर कमिटिका सचिव समेत रहेका श्रेष्ठले पाटीले चलाएको तिन महिने “ जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान” अन्तरगत प्युठान नगरपालिका – ४ नम्बर वडा कमिटीलाई ग्रामीण सडकहरु मर्मतका लागि रु. २५००० जेसिबिका संचालक बिरेन्द्र कुमार श्रेष्ठ ( हिमाल )लाइ चेक मार्फत रकम हस्तान्तरण गरेका हुन । फाँटबाट पाकेका धान तथा परालहरु किसानहरुले समयमै घरमा पु¥याउन र घर आगनमा आउदै गरेको शुभ दिपावली तथा छटपर्वहरुमा मानिसहरुले ति लगाउने नयाँ चम्किला कपडाहरुमा देखिने सुन्दर जस्तै बाटोहरु पनि हिड्नका लागी सहज र सवार सहज रहोस भन्ने उदेश्यका साथ रकम प्रधान गरेको वडाअध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

हामी आफ्नो गाउँघरमा रहेका गोरेटा बाटोहरु हिड्नका लागी आफ्नो गाउँ आफै बनाउँ सोचका साथ फराकिला बनाउने गरौ जसका कारण पछि आउने पुस्ताहरुमा पनि सोही चेतना हुने समेत श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई बताए । श्रेष्ठले विजय नगरमा विकासका निर्माणका नमुना कामहरु धेरै गरिसकेका छन। जस्तै रातिको समयमा सडकमा उज्यालोको लागी बत्तीहरु जडान, कोशेली घर , जुम्रीखोलमा पुल निर्माण , मुक्ति मावि रातामाटाको गेटसम्म सडक पिच, ग्रामीण भेगमा बाटो स्त्तोउन्नती लगाएतका कार्यहरु गरेका छन ।वडामा विकास निर्माणका कार्यहरु अझ धेरै गर्न बाकी रहेको त्यसलाई भिजन र जनताको सरसल्ला र एकताको साथमा पुरा गर्न निरन्तर लागी परेको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page