समय : ०९:१५ am | शनिबार , श्रावण १२ गते २०८१

सुनकाे भाउ तोलाकाे १ लाख १७ हजार रुपैयाँ

स्वर्गद्वारी अपडेट | कार्तिक १२ गते २०८०

  कात्तिक १२

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page