समय : १०:०२ am | शनिबार , श्रावण १२ गते २०८१

जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | कार्तिक ३ गते २०८०

  कात्तिक ३, दाङ - दाङकाे देउखुरीमा गएराति जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीकाे ज्यान गएकाे हाे। काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको माेटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । 

घाइते भएका चाैधरीकाे सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हाे । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिसहनियाँले भालुवाङ पठाइएको प्रहरीले जनाएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page