समय : ०५:२० am | शनिबार , श्रावण ११ गते २०८१

विश्व खाद्य दिवस जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ मनाइँदै

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०८०

  असोज २९

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आज ४३ औँ विश्व खाद्य दिवस, जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ ।

विश्वभरि खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइन्छ । नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो ।नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ ।

राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको पछिल्लो प्रतिवेदनका अनुसार, विश्वमा ८० करोड नागरिक पोषणयुक्त खानाबाट टाढा देखिएका छन् । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य अधिकार र खाद्य सम्प्रभुता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page