समय : १०:१९ am | शनिबार , श्रावण १२ गते २०८१

एमाले देश र जनताको काम गर्ने पार्टी होः अध्यक्ष ओली

सन्तोष सुनार | असाेज २८ गते २०८०

प्युठान ।नेकपा एमाले देश र जनताको काम गर्ने पार्टी भएको पुर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली ले बताउनु भएको छ। प्युठान जिल्लामा २०५२ सालमा आउनु भएका ओली पुन २८वर्ष पछि आउनु भएको हो । शनिवार नयाँबजार जुम्रिमा रहेको आयुष्मा होटेलमा जिल्ला स्तरीय अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको अध्यक्ष ओलीले बताउनु भएको थियो।

एमाले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको बताउनु भएको थियो । आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण विकास निर्माणका काम गर्न नदिएको अध्यक्ष ओलीले गुनासो राख्नुभएको थियो । उहाले मिसन चौरासीको निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देशमा अपुर्ण रहेका विकासका कार्यलाई निरन्तरता दिने बताउनु भएको थियो ।

प्युठान आउदा ओली प्युठानको प्रमुख धार्मीक स्थल स्वर्गद्वारी दर्शन गरेर जुम्रीमा पार्टीले राखेको जिल्ला स्तरीय अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गरेर नौवहिनी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न बाहाने जानुभएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page