समय : ०९:५९ am | शनिबार , श्रावण १२ गते २०८१

इजरायलमा ज्यान गुमाएका विद्यार्थीप्रति प्युठानमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्वलन

सन्तोष सुनार | असाेज २५ गते २०८०


असोज २५ गते विहिवार

प्युठान । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको स्मृतिमा प्युठानमा अखिल क्रान्तिकारीले एक कार्यक्रम विच दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन ।

विहिवार प्युठान नगरपालिका ४ सहिद मित्रमणि आचार्य चोक बिजुवारमा इजरायलमा गत शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधनप्रति दीप प्रज्वलन गरी हार्दीक श्रद्धाञ्जली अर्पण गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी प्युठानका अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताए ।

नेपालीहरुको मृत्यु जुन ठाउँमा भए पनि दुख लाग्ने गर्दछ अझ त्यसमा विद्यार्थीहरुको निधन हुदाँ हामीलाई असाध्यै निराश र चिन्तित बनाएको हुदा उनीहरुको स्वर्गमा बास तथा आत्माले शान्ति मिलोस भनी दिप प्रज्वलन गरेको बताए । साथै कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा ,केन्द्रिय सदस्य निर्मल आचार्यले भावपुर्ण श्रदाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्युठानका संयोजक नमराज अधिकारी (रोसन),प्युठान नगरकमिटिका अध्यक्ष विष्णु योगि , प्रेस सेन्टरका केन्द्रिय लेखा समिति संयोजक तुफान अधिकारी , अखिल क्रान्तिकारी प्युठानका इन्चार्ज पुष्कर शर्मा तथा विद्यार्थीहरुकोे सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page