समय : ०१:०५ pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा गर्भवती महिलाहरुका लागि स्वास्थ्य शिविर सञ्चालन

सन्तोष सुनार | असाेज २३ गते २०८०

असोज २३ गते मङ्गलवार ।

प्युठान । नौबहिनी गाउँपालिकामा गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

मङ्गलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नौबहिनी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको ५ न. वडामा गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण डाम्री स्वास्थ्य चौकीमा पुर्ण संस्थागत सुत्केरी बनाउने उद्देश्यका साथ गरिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थपाले स्वर्गद्वारी अपडेटलाई बताउनु भयो । गर्भवति महिलाहरुको स्वास्थ्य परिक्षणका लागी गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रमबाट दुई लाख पचाँस हजार छुट्याइएको अध्यक्ष थापाले बताउनु भयो ।

ग्रामिण बस्तिका होम डेलिभरी हुनेको संख्यामा कमि नभएको देखिएकोले शुन्य होम डेलिभरी बनाउने उदेश्यले गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । गर्भवति महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविरमा आज पचाँस जनाले चेकजाँच गरेका छन।

गाउँपालिकामा गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा गर्भवती हुने समयमा यदि रगतको समस्याहरु परेमा समयमा प्राप्त गराउने लक्ष्यको साथ रगतको ग्रुप कुन हो भनी जानकारी लिई आवश्यक पर्दा पुर्व तयारीको लागी पनि परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आज देखी सुरु भएको स्वास्थ्य शिविर कार्यक्रम नौबहिनी गाउँपालिकाको ८ वटै वडा हुनेछ ।साथै आज विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्यूठान अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पंकज पन्तले मानसिक रोग सम्बन्धी जानकारी तथा सामान्य चेकजाच गर्नुभएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page