समय : ०२:२० pm | शनिबार , श्रावण १२ गते २०८१

इजरायलमा नेपालीहरुको निधनप्रति भोलि नेपालमा शोक घोषणा

स्वर्गद्वारी अपडेट | असाेज २२ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) शोक घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page