समय : ०८:१३ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठान डान्स स्टारका संयोजक पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज २० गते २०८०


असोज २० गते

प्युठान ।प्युठान डान्स स्टार (प्यूठानी आइडल) को संयोजक पक्राउ परेका छन । प्यूठानी डान्स स्टार (प्यूठानी आइडल) प्युठान नगरपालिकाबाट बिना अनुमति तथा दर्ता नगरी सञ्चालन गरी चलाएको सन्दर्भमा संयोजक दिपक बर्मा शनिवार पक्राउ परेको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक हुमान्द खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।बर्मालाई इलका प्रहरी कार्यलय विजुवारमा राखिएको प्रहरी निरिक्षक खनालले बताए ।

आईतवार (भोली) प्युठान नगरपालिका तथा आवश्यक निकायसँग छलफल गरी विषयवस्तुको निष्कर्ष निकाल्ने जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।
आयोजकले तोकिएको भन्दा आधामात्र पुरस्कार दिने गरेको तथा “बिजेतालाई आधामात्र पुरस्कार दिन्छ भने आधा टिकटको नाममा आयोजकले काटिदिन्छ” भन्ने चर्चा समेत भएको थियो ।प्युठान डान्स स्टार (प्यूठानी आइडल)प्युठान नगरपालिका ३ जुम्रीमा आयेजकले सञ्चालन गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page