समय : ०८:१८ am | शनिबार , श्रावण १२ गते २०८१

भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

स्वर्गद्वारी अपडेट | असाेज १९ गते २०८०

  असोज १९, २०८० शुक्रबार

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।आज शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताउनुभयो ।

यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उहाँले बताउनुभयो ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मङ्गलवार गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङ लगायत आसपासका जिल्लामा क्षति गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page