समय : ०९:१४ am | शनिबार , श्रावण १२ गते २०८१

संघियता सहितको नेपाली विषेशता नै समाजवाद होे –नेता विषम सी

स्वर्गद्वारी अपडेट | असाेज १९ गते २०८०

राजेन्द्र रावत क्षेत्री , असोज १९
लमही ÷बर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प भनेको दलाल पुँजिवादी संघियताको खारेज गरी त्यसको ठाउँमा समाजवादी संघियता सहितको नेपाली विषेशताको, नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको नेकपा का नेता विषम सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत देउखुरी जिल्लाद्धारा शुक्रवार लमहीमा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
पस्चिम लुम्विनी व्यूरो अन्तरगत देउखुरी जिल्लाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका स्थाई समिति सदस्य तथा केन्द्रिय जनपरिषद प्रमुख विषम सी ले अहिले देशमा दलाल पुजिवादी संघियता रहेकोले अव त्यसको ठाउँमा समाजवादी संघियता रहने बताएका छन् ।

नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्बाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गास,बास,कपास, शिक्षा, स्वास्थ्य, रोजगार,सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने नेता सी ले बताए । उनले पछिल्लो समय निक्कै चर्चामा रहेको राष्ट्रघाती एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्न पनि सबैलाई आग्रह गरे ।कार्यक्रममा नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सी ले “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखी यता विभिन्न समयमा भारतसंग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजिविकाको संकट,वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विषेशताको समाजवाद लगायतका विषयहरु समेटिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान भनेको दलाल पुँजिवादी चरित्रको व्यवस्था खारेज गरी नेपाली विषेशताको समाजवाद नै रहेको विषयमा जोड दिएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लमही नगरकमिटिका प्रतिनिधी बसन्त शर्मा विक्रान्त नेकपा एस का जिल्ला प्रतिनिधी तुल्सिराम भण्डारी, राष्ट्रिय जनमोर्चा का लमही नगर कमिटि अध्यक्ष ठाकुर प्रसाद आचार्य , जसपा का जिल्ला इन्चार्ज भरत चौधरी,राप्रपा का लमही नगरकमिटि अध्यक्ष शोभाकर घिमिरे, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, आर्दश मा।वि।लमहीका प्र.अ .कुलचन्द्र पौडेल लगायतले प्रस्तुत अवधारणापत्रमाथी टिप्पणी तथा विचार मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा का केन्द्रिय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज विक्रम सी, विषेश कमिटि सदस्य तथा नेकपा देउखुरी का पुर्व सेक्रेटरी भिमप्रकास सी, जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेश समिति का संयोजक राजेन्द्र रावत क्षेत्री, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा देउखुरी जिल्ला सेक्रेटरी अल्फा सी को अध्यक्षता,जिल्ला सचिवालय सदस्य यज्ञ सी को स्वागत मनतव्य संगै देउखुरी जिल्ला सचिवालय सदस्य मुक्ति सी को सन्चालनमा सम्पन्न भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page