समय : ०९:३३ am | शनिबार , श्रावण १२ गते २०८१

बर्तमान दलाल संसदिय व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था होे –नेता विषम सी

स्वर्गद्वारी अपडेट | असाेज १८ गते २०८०


राजेन्द्र रावत क्षेत्री ,असोज १८

कपिलवस्तु बर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प भनेकै नेपाली माटो सुहाउँदो, नेपाली विषेशताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको नेकपा का नेता विषम सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुद्धारा बिहिवार सदरमुकाम तौलिहवामा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
पस्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका स्थाई समिति सदस्य तथा केन्द्रिय जनपरिषद प्रमुख विषम सी ले नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्बाधिक संकटमा रहेकोले असफल सिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गास,बास,कपास, शिक्षा, स्वास्थ्य, रोजगार,सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले पछिल्लो समय निक्कै चर्चामा रहेको राष्ट्रघाती एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्नुपर्ने बताए । अहिले देशमा दलाल पुजिवादी संघियता रहेको र अव त्यसको ठाउँमा समाजवादी संघियता रहने पनि उनले बताए ।


कार्यक्रममा नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सी ले “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखि यता विभिन्न समयमा भारतसंग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजिविकाको संकट,वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विषेशताको समाजवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना लगाउतका विषयहरु समेटिएको छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान दलाल पुँजिपती चरित्रको व्यवस्था खारेज गरी नेपाली विषेशताको समाजवाद नै रहेको निष्कर्ष निकालेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार रामलौटन तिवारी, नेकपा एस का जिल्ला अध्यक्ष गिता आचार्य, वामपन्थी नेता मेघराज ज्ञवाली, जसपा का जिल्ला सचिव शिवलाल यादव, ,मधेश मानव अधिकार गृहका रामदयाल ठाकुर,नागरिक उन्मुक्ति पार्टी का भग्गु थारु,जनमोर्चा का रामप्रसाद बेलवासे, नेकपा का हिमलाल वाग्ले,नागरिक समाज कपिलवस्तुका दोलख पछाई,लोकतान्त्रिक समाजवादी का रविन्द्रनाथ मिश्र,नेकपा एमालेका भेषराज पाण्डे,राप्रपाका भुमिराम गिरी, उद्योग तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष कपिल पौडेल, बनपैदावर महासंघ लुम्विनी प्रदेश अध्यक्ष रुक बहादुर भुसाल लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सँस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रस्तुत अवधारणापत्रमाथी टिप्पणी तथा विचार मन्तव्य राखेका थिए ।
कार्यक्रम नेकपा का केन्द्रिय सदस्य तथा पुर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सी को अध्यक्षता,जिल्ला सेक्रेटरी दिपक सी को स्वागत मनतव्य संगै पुर्वी कपिलवस्तु जिल्ला सचिवालय सदस्य गणेश सी को सन्चालनमा सम्पन्न भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page