समय : ०२:१३ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठान नगरपालिकाको शिक्षा शाखामा ने.बि.संघले गर्‍यो तालाबन्दी

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८०

असोज १७ गते बुधवार
प्युठान । जिल्लाको प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । बुधार प्युठान नगरपालिकाको शिक्षा शाखामा काँजमा रहेका शिक्षकलाई आफुले अध्ययन गराउने विद्यालयमा फिर्ता गराउन दिएको ध्यानकर्षणमा नगरपालिकाले चासो नदिएपछि तालाबन्दी गरेको नेविसंघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के.सीले बताए । ने.बि.संघले असोज ७ गते यस विषयमा नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

आफुले राखेका मागहरु पुरा नभएसम्म नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा लगाएको ताला नखोलिदिने अध्यक्ष केसीले बताएका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page