समय : १०:१२ am | शनिबार , श्रावण १२ गते २०८१

समाजवादी मोर्चा नेपाल प्यूठानको संयोजकको जिम्मेवारीमा नेकपा प्यूठानका सेक्रेटरी भुसाल सर्बसम्मत

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८०

राजेन्द्र रावत क्षेत्री , प्यूठान

असोज १६। कम्यूनिष्ट घटकहरुको मोर्चा समाजवादी मार्चा नेपाल प्यूठानको संयोजकको जिम्मेवारीमा नेकपा प्यूठानका सेक्रेटरी गिरु प्रसाद भुसाल ( परिवर्तन सी ) सर्बसम्मत चुनिएका छन् । मंगलवार जुम्रीमा बसेको मोर्चाको प्रथम बैठकले संयोजकको जिम्मेवारीमा भुसाललाई चुनिएको हो ।

नेकपा एकिकृत समाजवादी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज एबम् बैठकका जेष्ठ सदस्य राजकुमार कक्षपतीको अध्यक्षतामा बसेको मोर्चाको प्रथम बैठकले केन्द्रिय कार्यविधि अनुसार ४–४ महिनाको आलोपालो मा संयोजक रहनेगरी पहिलो ४ महिना ( माघ १६ गते ) सम्मका लागी नेकपा प्यूठानका सेक्रेटरी भुसाललाई संयोजकको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक एवम् माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी ( रोसन ) ले जानकारी गराए ।

समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानको सदस्यहरुमा नेकपा प्यूठानका सचिवालय सदस्य मुस्कान सी , नेकपा एकिकृत समाजवादी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज राजकुमार कक्षपती, नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा मगर , नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक नवराज अधिकारी ( रोषन ), नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कमिटी सदस्य प्रभात के.सी., जनता समाजवादी पार्टी प्यूठानका इन्चार्ज दान बहादुर बस्नेत र जनता समाजवादी पार्टी प्यूठानका अध्यक्ष श्रीकृष्ण पोख्रेल रहेका छन् ।

समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानले यहि मिति २०८० कात्तिक १ गतेका दिन वडा दशैं, शुभ दिपावली र छड पर्व २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम को आयोजना गरिएको नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा मगर ले जानकारी दिएका छन् । समाजवादी मोर्चा नेपालका केन्द्रिय संयोजक पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाल रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page