समय : ०८:२२ am | शनिबार , श्रावण १२ गते २०८१

वेगनास तालमा प्यूठानका अनिश श्रेष्ठको शव फेला

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८०


स्वर्गद्वारी अपडेट समाचार डेक्स ।
कास्कीको वेगनास तालमा तैरिरहेको अवस्थामा प्यूठानका २२ वर्षीय अनिश श्रेष्ठको शव मंगलबार फेला परेको छ । पोखरा–३१ अलैंचीकुनास्थित तालमा उत्तानो भएर तैरिरहेको अवस्थामा पुरुषको शव रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट उद्धार टोली खटिएको थियो ।

उक्त शव बाहिर निकालेर हेर्दा शवसँगै भएको कालो झोलाभित्र मल्लरानी गाउँपालिका–४ का श्रेष्ठको नागरिकताको प्रमाणपत्र फेला परेको थियो । प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको मुचुल्कापश्चात शवलाई पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए । उनका अनुसार घटनाको कारण खुलिसकेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page