समय : ०९:०३ am | शनिबार , श्रावण १२ गते २०८१

घण्टाघरबाट बत्ती चोरी गर्ने दुई जना पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८०

१६ असोज ,स्वर्गद्वारी अपडेट समाचार डेक्स । वीरगञ्जमा रहेको घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको हो । सीसीटीभीमा देखिएको दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गएको शुक्रवार राति तोडफोड तथा चोरी भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page