समय : ०२:३८ pm | शनिबार , श्रावण १२ गते २०८१

२ नं.वडा कमिटि नेपाली काङ्ग्रेसद्वारा खड्कालाई आर्थिक सहयोग

सन्तोष सुनार | असाेज १५ गते २०८०


प्युठान । प्युठान नगरपालिका २ चिथिखोला निवासी अनिता खड्कालाई २ नं.वडा कमिटि नेपाली काङ्ग्रेसले घरमा पुगी आर्थिक सहयोग गरेको छ ।

अनिता खड्का भदौ १९ गते आँपको रुकमा दाउरा काट्न चढेको बेला खस्दा दायाँ हात दुई ठाउँबाट र बायाँ हातबाट एक ठाउँ गरी तिन ठाउँबाट भाचिएको छ । उनको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा थप सहयोग मिलोस भन्ने उदेश्यले घरमा पुगी आर्थिक सहयोग गरेको वडा सभापति गंगालाल विष्टले स्वर्गद्वारी अपडेटलाई बताए ।

सहयोगीहरुमा हुकुम बहादुर बिष्ट एक हजार पाचँ सय , भगवति विष्ट एक हजार , गंगालाल विष्ट एक हजार, सुरेश गौतम पाचँ सय , मोहोन सिंह विष्ट एक हजार पाँच सय , नर बहादुर पोख्रेल पाचँ सय , चक्र बहादुर विष्ट एक हजार र ताल बहादुर विष्ट पाँच सय गरी सात हजार पाचँ सय हस्तारण गरीएको वडा सभापति विष्टले बताए । खड्काको परिवारमा एक छोरा आमा र आफु गरी तिन जना रहेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page