समय : ०८:१२ am | शनिबार , श्रावण १२ गते २०८१

अव पराधिन भई दासत्वपुर्ण जिवन बाँच्नेकी , स्वाभिमानपुर्ण जिवन जिउने –नेता सन्जिव सी

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८०

राजेन्द्र रावत क्षेत्री , प्यूठान

असोज १४ । अव पराधिन भई दासत्वपुर्ण जिवन बाँच्नेकी , स्वाभिमानपुर्ण जिवन जिउने भन्ने विषय रोज्ने बेला भैसकेको नेकपा का नेता सन्जिव सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत प्यूठानको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा आज उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
पस्चिम लुम्विनी व्यूरो अन्तरगत ४ नं।जिल्ला प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सी ले एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश बहादुरितापुर्वक स्वाधिाताको लडाइमा जुट्नुपर्ने बेला भएको बताए । गाँउ गाँउमा झरी च्याउ सरी उम्रिएका ठग लघुवित्त वित्तिय संस्था र मिटर ब्याजीहरुलाई गल्ली गल्लीबाट ढ्यांग्रो ठटाई लखेट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपाका नेता सन्जिव सी ले जिल्लाका सबै स्थानिय तहबाट सहभागी अगुवा कार्यकर्तालाई प्रशिक्षणात्मक मनतव्य दिदै एमसिसि सम्झौताको दफा ५।१९ख० ९३० मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३।१ ९च० मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६।८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका वँुदाहरु राष्ट्रघाती वुँदा रहेकाले सडकबाटै एमसिसि सम्झौता खारेज गर्न पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरे । त्यस्तै नागरिकलाई घरवार विहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने अपराधी मिठर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासो को आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सी ले निर्देशन दिए ।
कार्यक्रममा नेकपा का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागसति सी र केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा प्यूठानका पुर्व इन्चार्ज सुर्यप्रकाश सी , विषेश कमिटी सदस्य तथा नेकपा प्यूठानका पुर्व सेक्रेटरी अजय सी, शहिद परिवार तथा जिल्ला सल्लाहकार मोहन सी लगायतले कार्यक्रम सफलताको शुभकामना तथा प्रशिक्षणमुलक मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सेक्रेटरी परिवर्तन सी को अध्यक्षता,जिल्ला सचिवालय सदस्य बाम बहादुर सी को स्वागत मनतव्य संगै जिल्ला सचिवालय सदस्य मुस्कान सी को सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पस्चिम लुम्विनी व्यूरो अन्तरगत सामना साँस्कृतिक परिवारले साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page