समय : ०८:३९ am | शनिबार , श्रावण १२ गते २०८१

दाखाक्वाडीमा पचास प्रतिशत अनुदानमा आलुको बिउ वितरण

सन्तोष सुनार | असाेज १२ गते २०८०

असोज १२ गते शुक्रवार
प्युठान ।
दाखाक्वाडीमा पचाँस प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरिएको छ ।

प्युठान नगरपालिका २ दाखाक्वाडीका स्थानीय बासीन्दाहरुलाई आलुको बिउ प्रति केजी ५० रुपैँया पर्ने मुल्यलाई पचास प्रतिशत छुट गराई रु २५रुपैयामा प्रति केजिका दरले किसानलाई वितरण गरिएको वडा अध्यक्ष मोहोन सिंह विष्टले जानकारी दिए ।

दाखाक्वाडीमा पर्ने गाविसहरु ( ५,७),(१,६) र (२,४) का ६६७ जनालाई बुधवार , विहिवार र शुक्रवार गरी अठार हजार तिन सय किलो काडिना नामक आलुको बिउ तिरण गरिएको अध्यक्ष बिष्टले बताए । उक्त आलुको बिउ बर्दियाको बढेयामा रहेको त्रिविसीक कुषि सहकारी संस्थाले उत्पादन गरेको भेरी कोल्डस्टोर कोहोलपुरबाट ल्याई किसानलाई वितरण गरेको वडा सदस्य मोहोन बिष्टले बताए ।

आलुको बिउ एकजना किसानलाई वितरण गर्दा न्युनतम ५ केजि देखि अधिकतम ५० केजिसम्म वितरण गरिएको वडा सदस्य विष्टले बताए । आलुको बिउमा लागेको लागतमा नगरपालिकाबाट वडामा आएको बजेटबाट पाँच लाख छुट्याएको र बाकी किसानसँग उठाई खरित गरी वितरण गरीएको वडा कार्यलयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page