समय : ०६:४९ am | शनिबार , श्रावण १२ गते २०८१

आज कुशे औँसी बुबाकाे मुख हेर्ने दिन

स्वर्गद्वारी अपडेट | भाद्र २८ गते २०८०

भदौ २८ गते विहिवार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण  तथा श्राद्ध गर्ने परम्परा छ ।

काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पण गर्नेको घुइँचो छ । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

गोकर्णमा श्राद्ध गर्नु भारतको कासी गयामा श्राद्ध गर्नुसरह फल मिल्ने विश्वास पनि गरिन्छ । आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page