समय : ०६:१२ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठान नगरपालिकामा युवा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन्तोष सुनार | भाद्र २७ गते २०८०

प्युठान । प्युठान नगरपालिकामा युवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार प्युठान नगरपालिकाको आयोजनामा यु एस आइडी आर्थिक सहयोगमा केर नेपालको प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्युठान जापाइगो , एच डि आइ नेपाल सि आरएस कम्पनी र नेपाल युवा सञ्जाल(आयोन) को साझेदारीमा सञ्चालितमा प्युठान नगरपालिकाका युवा सञ्जालका किशोर किशोरीलाई एक दिने युवा अभिमुखीकरण कार्यक्रम प्युठान नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्नु भएका यु एस रिसोर्स प्रोजोक्टका युथ रिसोर्स यकराज गौतमले किशोर किशोरीलाई स्वास्थ्य सम्बन्धि स्वस्थ रहन प्रजनन परिपक्कतामा विहे गरेपछि आफुलाइ स्वास्थ्यमा विभिन्न समस्याहरुबाट बच्न सकिने र जन्माउने बच्चालाई पनि राम्रो हुने जानकारी गराउनु भएको थियो । किशोर किशारीहरुको प्रजननमा केहीसमस्याहरु देखिएमा कुनै लाज र अप्ठ्यारो नमानी स्वास्थ्यका कर्मचारीहरु तथा स्वयमसेविकालाई बताइ भएका समस्याहरुलाई समधान गर्न आग्रह गर्नु भएको थियो । नेपालमा २०१५ साल अनुसार महिलाका लागी १७.९ बर्ष र पुरुषका लागी २१.७ बर्ष रहेको छ । तर २०१६ सालको अनुसार १५–१९ वर्षका महिलाहरुले १७ प्रतिशत बच्चा जन्माएको समेत गौतमले बताउनु भएको थियो । यसले गर्दा श्रीमान श्रीमतीमा मनमुटाव हुने , बिछोड हुने तथा पारीवारीकमा धेरै समस्याहरु आईरहेको समेत समाजमा पाइएको बताउनु भएको छ।

कार्यक्रमा प्रमुख अथिति रहनु भएका प्युठान नगरपालिकाका सामाजिक विकासका प्रमुख तथा वडा न. ५ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले युवाले देशमा विगत देखि नै भुमिका तथा इतिहास लेखेकाले युवा देशको खम्बा भएको बताउनु भएको छ । त्यसैले राष्ट्रले पनि युवाप्रति विभिन्न लक्षित कार्यक्रमहरु प्रधान गर्नु पर्ने समेत धारणा व्यक्त गर्नु भएको थियो । युवाहरुका लागी आफुले गर्नु पर्ने सहयोगका लागी सदा तयार भएको बताउनु भएको छ , तर युवाहरु पनि आफ्नो भविष्यको सुनिश्ति गर्न आफुले निभाउने भुमिका र के गर्दा उपयुक्त हुन्छ भनी सयममा चिनी अगाडि बढे सफल हुने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रका अथिति प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द राज घिमिरेले स्वस्थ रहन जनचेतना फैलाउने र प्रत्येक स्वास्थ्यको परिभाषा आफुलाई थाहा नहुँदा सम्म स्वस्थ हुन नसकिने बताउनु भएको छ । उहाका अनुसार- "स्वस्थ रहन बढि मात्रमा मानशिक तनाव र नकरात्मक नसोच्ने , खानामा परीकारहरु मिलाएर खाने ,व्यायम गरेमा स्वस्थ रहन सकिने समेत घिमिरेले बताउनु भएको थियो ।" घिमिरेले मानशिक तनावले ३० पतिशत विरामीहरु भएको गरेको पाइएको समेत जानकारी गराउनु भएको थियो । मानशिक तनावले डिप्रेशनमा पुगेपछि पटकपटक मर्न तथा आत्म हत्या गर्ने प्रयास भइरहेको छ । समस्याहरुमा तनावको बाटोलाई हिम्मतका साथ सकरात्मक तरिकाले अगाडि बढेमा समाधान हुने र आफु पनि स्वस्थ रहन सकिने छ ।

प्युठान नगरपालिकाको युवा सञ्जालका अध्यक्ष तारा बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका तथा शाखाकी प्रतिमा पौडेल , य आर यचका सहजकर्ता मोनिका प्रधान , युवा सञ्जालका २१ सदस्यहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन यु एस य अर्थ प्रोजेक्ट युथ रिसोर्स पर्सन गिरिराज भण्डारीले गर्नु भएको हो ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page