समय : ०५:४९ am | शनिबार , श्रावण १२ गते २०८१

विगतमा भएका कार्यलाई समिक्षा गर्दै वर्तमानको महत्व दिने संयोजक अधिकारी

सन्तोष सुनार | भाद्र १४ गते २०८०


भदौ १४ गते ,प्युठान । नेपका माओवादि केन्द्र प्युठान जिल्लाका संयोजक तथा माण्डवि गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोसन) ले विगतमा भएका कार्यलाई समिक्षा गर्दै वर्तमान कार्यलाई महत्व दिई कार्य गर्ने बताउनु भएको छ ।

विहिवार प्रेस सेन्टर नेपाल शाखा प्युठाने आयोजना गरेको पहिलो बैठक तथा कार्यक्रममा यस्तो बताउनु भएको हो । प्रेस सेन्टर नेपाल जिल्ला शाखामा प्युठानमा आवद्ध रहेका पत्रकारहरुलाई काम गरेका तथा गर्न खोज्ने पत्रकार सम्पुर्णलाइ क्षमताको आधरमा को कसले गरिहेको छ , त्यसको मुल्याङ्कन गरी संरक्षण गर्ने बताउनु भएको थियो । पार्टीले गरेको काम प्रचार प्रसार गरी जनता माझ पुर्‍याउने भनेको पत्रकार रहेकाले हामी विगतका दिनहरुलाई समिक्षा गरी बर्तमान समयलाई मध्यनजर योजनाका साथ लागेको बताउनु भएको छ । त्यस्तै कार्यक्रममा गौमुखी अन्लाईका सञ्चालक प्रेम विश्वकर्माले आफु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला अध्यक्ष भएकाले पत्रकार महासंघबाट हटाईएको गुनासो राख्नु भएको थियो । अन्य पार्टीका नेताहरु पनि राजनितिकमा क्रियाशील रहे पनि हुने हामीलाई फाल्ने सबन्धि धारण व्यक्त गर्नु भएको छ । यसलाई पनि राम्ररी मुलयाङ्कन गरेर नेपाल पत्रकार महासंघ प्युठानले काटछाट गर्न ध्यानआर्कषण गराई दिन बताउनु भएको थियो ।

प्रेस सेन्टन्टर नेपालका केन्द्रिय सदस्य हरि भण्डारीले पत्रकार गर्न खोज्न र आफुलाई पत्रकारमा स्थापित गर्नेलाई आफुले साथ हात तथा सहयोग गरेर पुग्नु पर्ने ठाउँमा पुर्‍याउने बताउनु भएको छ । जिल्लामा प्रेस सेन्टर नेपालमा आवद्ध रहेका पत्रकारहरु एक अर्कामा रुष्ट नभई सदभाव , सहमति र सम्मान तरिकाले अगाडि बढ्न बताउदै नेकपा माओवादि केन्द्रले सञ्चालन गरेको जनता माओवादि विशेष रुपान्तरण अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा

Tuphan Adhikari

प्रेस सेन्टर नेपालको केन्द्रिय लेखा समिति सयोजक तुफान अधिकारीले यस अभियानले गरेका सम्पुर्ण कार्यहरुको प्रचार प्रसार गरी जनता विच पुर्‍याई जनतामा नेकपा माओवादि केन्द्रको २०६४–६५सालको छाप फर्काउन तथा बसाल्न मद्दत गर्न बताउनु भएको छ । भएका समस्याहरुलाई यो अभियान पछि बैठग बसि समधान गर्ने बताउनु भएको छ ।

बैठगमा छलफल गर्दा नेपाल कम्युनिष्ट पार्टीमा माओवादी केन्द्रले सन्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको ३ महिने अभियान सफल बनाउनका निम्न कार्यक्षेत्रमा जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।
प्युठान नगरपालिका राधिका भुसाल ,स्वर्गद्वारी नगरपालिका सिपी पौडेल ,गौमुखी गाउँपालिकाकेशर सुनार ,झिमरुक गाउँपालिका टिकाराम पोखेल, नौबहिनी गाउँपालिका सुजाता थापा, मल्लरानी गाउँपालिका , रमेश गिरी ऐरावती गाउँपालिका सन्तोष सुनार , माण्डवी गाउँपालिका यादव पौडेल रसरुमारानी गाउँपालिका नेत्र बसाद खनाल रहेका छन ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्युठानका अध्यक्ष टिकाराम पोख्रोलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादि केन्द्र लुम्बिनी प्रदेशका सचिवलाय सदस्य झपेन्द्र शर्मा , प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्युठानका उपादध्यक्ष यादव पौडेल ,कोषादक्ष्य राधिका भुसाल , रेडियो स्वर्गभुमीका अध्यक्ष सिपी पौडेल लगायतका विभिन्न मिडियामा कार्यरत प्रेस सेन्टरमा जोडिएका पत्रकारहरुको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page