समय : ०९:५० am | शनिबार , श्रावण १२ गते २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलन

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०८०

स्वर्गद्धारी अपडेट बुटवल । लुम्बिनि प्रदेश बुटवलमा नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एक घण्टासम्म चक्काजाम गरेको छ ।
नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवलमा चक्काजाम गरेको हो ।
अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवलले जनाएको छ ।
चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । सो क्रममा विद्यार्थीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page