समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

दुर्घटनामा मृत्यु हुनेहरुकाे पहिचान खुल्याे

सन्तोष सुनार | जेठ २९ गते २०८०

प्यूठान । स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्किएको कार दुर्घटनामा मृत्यु हुने सवैको पहिचाहन खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनको १४ वर्षीय छोरा विशाल पोख्रेल, ९ वर्षीय छोरा विकाश पोख्रेल रहेका छन् । त्यसैगरी लमही नगरपालिका-५ का ४९ वर्षीय तारा बहादुर कुमाल, लमही नगरपालिका-७ का ४० वर्षीय गोविन्द शाह, उनको ३० वर्षीया श्रीमती राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । एक जना बालकको नाम खुलेको छैन । लु १ च ६३४५ नम्वरका कार सडकको बाट पल्टिएर करीव ४० मिटर तल पुगेको हो ।मृत्यु हुनेहरु सवै कारमा च्यापिएका थिए । उनीहरुको स्काभेटरको मद्धतले उद्धार गरिएको थियो । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्