समय : ०९:०३ pm | शनिबार , जेठ ३१ गते २०८२

नौबहिनी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

पालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्।

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०८२

प्युठान।नौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी.ले बिहिबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेको हो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमुख ऋषिराम शर्माले बताए।राष्ट्रिय खोप तालिका अनुसार पालिकाका सबै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो स्वास्थ्य शाखा प्रमुख शर्माको भनाई छ।

पालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्।प्रत्येक वडामा खोपमा प्रत्यक्ष सङ्लग्न स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो।साथै सोही अवसरमा खबाङ्ग स्वास्थ्य चौकी र फोप्ली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरि सम्मान-पत्र समेत प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्