प्यूठान । प्यूठान नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
‘स्वस्थ नगरको लागी सचेत,स्वस्थ र सुखी नागरिक’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले नगर पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणा गरेको थिए । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘हामीले सबै वडामा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरेका छौँ जसले गर्दा प्यूठान नगरबासीलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउन सकिएको छ’ उनले भने,‘ यसकारण पनि हामी नगरलाई अहिले पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सकेका छौँ ।’
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले बताए । ‘राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो घिमिरेले भने ।’
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेको भनाई छ ।