केशर सुनार, प्युठान।राष्ट्रिय दलित पत्रकार संघ,नेपालको छैठौं स्थापना दिवस प्यूठान शाखाले रक्तदान कार्यक्रम गरि मनाएको छ।स्थापना दिवसको अवसरमा रक्तसञ्चार केन्द्र बिजुवारमा कार्यक्रम गरि मनाईएको हो।
जिल्ला शाखा प्यूठानका अध्यक्ष कमल बिकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अस्पताल विकास समिति प्यूठानका अध्यक्ष कृष्ण बस्सेलको प्रमुख आतिथ्यता रहेको थियो।दलित पत्रकार संघ लुम्बिनीका उपाध्यक्ष एवं शाखाका निवर्तमान अध्यक्ष लोकेन्द्र सुनार,केन्द्रिय परिषद सदस्य सुनिल सापकोटा र नेपाल पत्रकार महासंघ प्यूठानका सचिव बासुदेव गिरीको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न पेशागत संगठन एवम् पत्रकारहरुको आतिथ्यता रहेको शाखाका सचिव रविन बिकले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद बसेलले पत्रकारिताको क्षेत्रमा दलित पत्रकारहरुको उल्लेख्य भूमिका भएको बताउँदै प्यूठान अस्पताल विकासका निम्ति सबै हातेमालो गर्नुपर्ने बताए।'हामी दिनरात अस्पतालको मुहार फेर्न लागिरहेका छौं,यस विषयमा तपाइहरुको कलम सशक्त चल्नुपर्ने भनाई बसेलको छ।’
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संघका लुम्बिनी उपाध्यक्ष लोकेन्द्र सुनारले प्यूठानको पत्रकारिताको ईतिहासमा दलित पत्रकारहरुको महत्त्वपूर्ण ईतिहास रहेको बताउँदै आफूले उत्थान गर्नुपर्ने विषयहरुमा कलम चलाउन आग्रह गरेका थिए।' हामी वर्गमा मात्र बाधिन हुदैन,हामिले चलाउने कलम सामूहिक र स्वतन्त्र हुनुपर्छ,' सुनारले भने।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघका प्यूठान शाखाका सचिव वासुदेव गिरीले जिल्लाको पत्रकारितामा सबै एकताबद्ध भएर निष्पक्ष र स्वतन्त्र ढंगले लाग्न आग्रह गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष कमल बिकले हामिले उठाउने विषय बस्तुहरु साझा रहेको बताउँदै एकताबद्ध भएर लाग्न आग्रह समेत गरेका थिए। 'विभेदको घटनामा प्रायः दलितहरु मुछिन्छन,हामी थप सशक्त भएर लागे यो घेरा तोडिने निश्चित छ,' बिकले भने।
साथै विभिन्न पेशागत संगठन एवम् सामाजिक व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए।उक्त कार्यक्रममा ६ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रमका सञ्चालक एवम् शाखाका सचिव रबिन बिकले बताए।
राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्यूठानको आयोजनामा गरिएको रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज,प्यूठान शाखासँग समन्वय गरि रक्त सञ्चार केन्द्र बिजुवारमा कार्यक्रम सम्पन्न गरिएको हो।उक्त कार्यक्रममा सहयोग भने आशिका निर्माण सेवा बिजुवार प्यूठानले गरेको थियो।