समय : ०७:३८ pm | शनिबार , जेठ ३१ गते २०८२

गणतन्त्र दिवसमा जिल्ला अस्पताल सरसफाई

दिवसको अवसर पारेर बिहिबार ५ बजे प्युठान नगरपालिकाको कार्यालय बिजुवारमा दिप प्रज्वलन गर्ने

स्वर्गद्वारी अपडेट | जेठ १५ गते २०८२

प्युठान।१८ औं गणतन्त्र दिवसको अवसर पारेर प्युठान जिल्ला अस्पतालको परिसरमा सरसफाई गरिएको छ।

वि.सं. २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको अवसरमा आज देशैभर गणतन्त्र दिवस मनाउन थालिएको हो।

अखिल क्रान्तिकारी प्युठानद्वारा स्वच्छता र सरसफाई बारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ जिल्ला अस्पताल सरसफाई गर्न थालिएको अध्यक्ष शुसिला घर्तीले बताईन।

दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार कक्षपति, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा, प्युठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बसेल (रोयल), संगठनका केन्द्रीय सचिवालय सदस्य तारा बहादुर घर्ती मगर, ओम हरि भट्टराई तथा संगठनका जिल्ला पदाधिकारी सदस्यहरूलगायतको सहभागीता रहेको छ।

दिवसको अवसर पारेर बिहिबार साझँ ५ बजे प्युठान नगरपालिकाको कार्यालय बिजुवारमा दिप प्रज्वलन गर्ने नगरपालिकाका प्रबत्ता एवं वडा -३ का वडाध्यक्ष सुमन राज श्रेष्ठले बताए।

यो पनि पढ्नुहोस्