समय : ०२:५१ pm | सोमबार , जेठ ५ गते २०८२

सरुमारानी –३ पूर्णखोप सुनिश्चित वडा घोषणा

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०८२

प्युठान –सरुमारानी गाउँपालिका  वडा नं ३ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ।वडास्तरीय पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणाका सबै सूचक पूरा भएपछि शुक्रबार  एक कार्यक्रमको आयोजना गरेर सरुमारानी गाउँपालिका  वडा नं ३ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हंसपुर स्वास्थ्य चौकीका प्रमुख सरोज कुमार भट्टले बताए।

वडाभित्र जन्मेदेखि १५ महिना मुनिका ६४ जना बालबालिकालाई नियमित खोप दिएको र १६ देखी ५९ महिना सम्मका १८८ जनालाई पूर्ण खोप लगाई सकेको हंसपुर  स्वास्थ्य चौकीका प्रमुख भट्टले बताए।राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो।

गएको फागुन १ देखी  ७ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो।

आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न १३ प्रकारका रोगबाट बचाउनका लागि खोप दिने गरिएको छ।

वडा अध्यक्ष भिम बहादुर मर्साङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा सरुमारानी गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी, कार्यपालिका सदस्य,महिला स्वास्थ्य स्वयंमसेविका, विद्यालयका प्रधानाध्यापक, किशोर किशोरी, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

यो पनि पढ्नुहोस्