समय : ०२:३४ pm | सोमबार , जेठ ५ गते २०८२

माण्डवी –५ पूर्णखोप सुनिश्चित वडा घोषणा

लव कुमार अधिकारी | वैशाख २६ गते २०८२

प्युठान –माण्डवी गाउँपालिका  वडा नं ५ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ। वडास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणाका सबै सूचक पूरा भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरेर माण्डवी गाउँपालिका वडा नं ५ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको रम्दी स्वास्थ्य चौकीका प्रमुख भगवता सिंहले बताईन।

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ३३ जना बालबालिकालाई नियमित खोप दिएको र १६ देखी ५९ महिना सम्मका ८५ जनालाई पूर्ण खोप लगाई सकेको रम्दी स्वास्थ्य चौकीका प्रमुख सिंहले बताईन।राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो।

गएको चैत १४ देखी  २३ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो।

आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न १३ प्रकारका रोगबाट बचाउनका लागि खोप दिने गरिएको छ।

वडा अध्यक्ष दुर्गा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत पब्लिक हेल्थ नर्स जानकी साउद, महिला  सामुदायिक स्वास्थ्य स्वंयमसेविका, स्वास्थ्य आमा समुह, स्वास्थ्यकर्मी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो।महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका र खोप कार्यकर्तालाई  अविर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो।  

यो पनि पढ्नुहोस्