समय : ०२:१९ pm | सोमबार , जेठ ५ गते २०८२

प्युठानको स्वर्गद्वारी –१ पूर्णखोप सुनिश्चित वडा घोषणा

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०८२

प्युठान –स्वर्गद्वारी नगरपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ।पूर्णखोप सुनिश्चित घोषणाका सबै सूचक पूरा भएपछि मंगलबार एक कार्यक्रमको आयोजना गरेर स्वर्गद्वारी नगरपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत कुमार खड्काले बताए ।

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ५८ जना बालबालिकालाई नियमित खोप दिएको र १६ देखी ५९ महिना सम्मका १६५ जनालाई पूर्ण खोप लगाई सकेको कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको खड्काले बताए।

गएको फागुन १४ देखी  २२ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो।आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न १३ प्रकारका रोगबाट बचाउनका लागि खोप दिने गरिएको छ।

वडा अध्यक्ष मेघराज जिसिको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्रमुख टेक प्रसाद भण्डारी नगर, प्रवक्ता सुरज सुनार , रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका सदस्य दामोदर कालाथोकी , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , स्वास्थ्य शाखाकी पार्वती सुवेदी, स्वास्थ्यकर्मी , स्वास्थ्य आमा लगायतको उपस्थिती रहेको थियो।

यो पनि पढ्नुहोस्