प्युठान।१३६ औ बिश्व मजुदुर दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा प्युठानले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

कार्यक्रममा जिल्ला अस्पताल प्युठानमा कार्यरत डाक्टर सुवास पौडेलको उपस्थितिमा एम्बुलेन्स चालकहरुले अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको सहसचिव तन बहादुर कुँवर (राकेश)ले जानकारी दिए।चालकहरुले व्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरेको सहसचिव कुँवरले बताए।

आगामी दिनमा संयुक्त एम्बुलेन्स चालक संघले जिल्लामा आपत् विपत्तिमा परेका बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, आर्थिक सहयोग लगायतका काम गर्ने संस्थाले जनाएको छ।संघ मार्फत जिल्लामा २२ वटा एम्बुलेन्स एक वटा शव वाहन सेवा सञ्चालनमा छन् ।
