समय : १२:१० pm | शुक्रबार , कार्तिक २ गते २०८१

स्वर्गद्वारीमा डेँगु तथा स्क्रब टाईफस रोकथाम अभियान

सन्तोष सुनार | असाेज ९ गते २०८१

प्यूठान।प्यूठानको स्वर्गद्वारी नगरपालिकामा  डेँगु तथा स्क्रब टाईफस रोकथाम एक दिने अभियान कार्यक्रम सम्पन भएको छ ।बुधबार स्वास्थ्य कार्यालयको आयोजना  र  स्वर्गद्वारी नगरपालिकाको  समन्वयमा डेँगु स्क्रब टाईफस  लगाएत किटजन्य  रोगहरुको  सचेतना तथा रोकथामका लागी  डेंगु सार्ने  लामखुटुटेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने एक दिने अभियान  गरिएको हो । 

स्वर्गद्वारी नगरपालिकाको सभाहलमा  औपचारीक कार्यक्रम गरी  डेँगु तथा स्क्रब टाईफस रोकथाम र लार्भा नष्ट गर्ने   सचेतना सम्बन्धि स्वास्थ्य कार्यालयका   राजु खड्काले  सहजिकरण गरेका थिए । औपचारिक कार्यक्रम सकिएपछि स्वर्गद्वारी नगरपालिकाबाट  लार्भा नष्ट  गर्दै भिंग्री बजार क्षेका सबै ठाउमा  परिक्रमा गरी पानी जमेको,भरीएका भाडाकुडाँका पानी खाली र बजारबासीहरुलाई  सचेतना गराई लार्भाहरु धेरै ठाउमा नष्ट गरिएको  स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी  दिए । 

लामखुट्टेको टोकाईबाट डेँगु रोग जनुसुकै  उमेरका मानिसलाई  लाग्ने गर्दछ ।डेँगु लागेपछि  ज्वरो आउने , टाउको दुख्ने ,  खाना खाएपछि  पेट दुख्ने , हात खुट्टाको जोर्नीहरु दुख्ने , राता बिबिरा देखिने  लगाएतका लक्षणहरु देखिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

स्वर्गद्वारी नगरपालिकाका  नगर प्रमुख टेक प्रसाद भण्डारीले डेंगु तथा स्क्रब टाईफस रोग एक्लैले गरेर मात्र नभई सबै मिलेर निर्मुल पार्न लागी पर्न आग्रह गरेका थिए ।यस्ता गतिविधि एकदिन  मात्र गरेर नभई हामीले  सधै घर वरिपरी सरसफाई  गर्ने ,  पानीले भरीएका भाडाकुडाँ खाली गर्ने, गमलामा  ख्याल गर्ने  लगाएतका कार्यहरु गर्ने गरेमा तपाई हामी  सुरक्षित रहने नगर प्रमुख भण्डारी बताए । 

अभियान कार्यक्रममा  नगर उप्रमुख मिनराज राना ,  प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर भण्डारी , वडाअध्यक्षहरु , जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकी,स्वास्थ्यकर्मीहरु,कर्माचारी सुरक्षाकर्मी , पत्रकार,  आमासमुह, स्वयमसेवीका  लगायतको उपस्थित रहेको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्