प्युठान। दुवै मृगौला पीडित प्युठानको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।प्युठान नगरपालिका –२ निवासी धर्मी नेपाली वर्ष ४१ की उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोगको अपिल गरेका हुन्।
करिव २ वर्ष देखी खान मन नलाग्ने,शरीर सुन्निने,खाना खाएपछि वान्ता हुने र एक्कासि बेहोस भए पछी बुटवलको लुम्बिनी सिटि अस्पतालमा उपचारको लागि चेकजाँच गर्दा दुवै मृगौलाले काम गर्न छोडेको उनकी छोरी मेनका नेपालीले बताईंन।
धर्मी हाल लुम्बिनी सिटी अस्पतालमा उपचाररत छिन।आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सहयोग गरिदिन उनकी छोरीले अनुरोध गरेकी छिन।उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको उनको भनाई छ। उनले भनिन- ‘सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरेमा मेरो आमाले पुनर्जीवन पाउनु हुनेछ।’ उनको अनुसार उपचारमा सम्पूर्ण खर्च करिव २० लाख लाग्ने अनुमान गरेको बताउछिन।आर्थिक अभाव भएपछि उपचारको लागि विभिन्न सङ्घ संस्थाबाट सहयोग जुटाउन सुरु भएको उनको भनाई छ।
ज्योति बिकास बैंक दाखाक्वाडी शाखामा रहेको खाता नम्बर ०२९११००००७५७९७०००००१ र धर्मी नेपालीको नाममा सहयोगी मनहरुले सहयोग गर्न सक्ने उनकी छोरीले आग्रह गरेकी छिन। रोजगारको क्रममा धर्मीको श्रीमान युएई पुगेका छन्।