समय : १०:०३ am | बुधबार , कार्तिक २१ गते २०८१

माण्डवीमा सुर्तीजन्य तथा मध्यपानको न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०८१

प्युठान- माण्डवी गाउँपालिकामा सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानको न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा माण्डवी गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसमा पर्ने नकारात्मक असर , नियन्त्रण र नियमनमा देखिएका समस्याहरु , स्थानीय तहको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको सहजकर्ता तथा एम एस एस अधिकृत शन्देश पौडेलले सुर्तीजन्य पदार्थको नियन्त्रण एवं नियमनमा स्थानिय तह लगायत संचारकर्मीको अहम् भुमिका रहने बताए ।

उनले भने , "स्थानीय सरकार चासोपुर्ण रुपले कार्य तथा निरीक्षण गर्न आवश्यक छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको जानकारी प्राप्त भएमा प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्दछ ।"साथै उनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले नसर्ने रोग क्यान्सर जस्तो ठुलो रोगको सिकार हुनपर्ने र सार्वजनिक स्थानमा यसको प्रयोग तथा सुर्तीजन्य पदार्थको उत्पादन एवं वितरणमा कानुन उलघंन गरेमा कानुन बमोजिम कार्वाही र जरिवाना हुनसक्ने जानकारी दिए ।

धूम्रपान तथा सुर्ती सेवन गर्नाले हृदयाघात, क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या सिर्जना हुने लगायत विभिन्न समस्याहरु सिर्जना हुने भएकोले यसलाइ न्यूनीकरण गर्न आवश्यक रहेको र त्यसको लागि विद्यालय , अभिभावक , शिक्षा तथा स्वास्थ्य कार्यालय लगायत संचार क्षेत्र सचेतना जगाउनु आवश्यक रहेको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत तथा सहजकर्ता भरत कुँवरले बताए।

अहिलेको परिस्थितिमा पनि युवा, महिला तथा बालबालिकाहरु यसको कुलतमा परेकाले उनिहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पर्ने नकारात्मक असर, नियन्त्रणका नागरिक समाज र स्थानिय सरकारले गर्नु पर्ने प्रयास , सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्ने बारेमा उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने बारेमा जानकारी प्रदान गरिएको छ ।

कार्यक्रममा एम एस एस अधिकृत शन्देश पौडेल, स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवर,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोशन), माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रव कुमार पोखरेल,माण्डवी गाउँपालिकाका वडा अध्यक्ष्यहरु, होटल व्यवसायी संघ माण्डवी इलाकाका प्रतिनिधि,उद्योग वाणिज्य संघ माण्डवी इलाकाका  प्रतिनिधि,शिक्षक,प्रहरी प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्