समय : ०६:१५ am | बिहिबार , कार्तिक ८ गते २०८१

रम्दी स्वास्थ्य चौकीमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

राधिका भुषाल | चैत्र ८ गते २०८०

प्यूठान । माण्डवी गाउँपालिका ५ रम्दीमा अवस्थित रम्दी स्वास्थ्य चौकीमा स्वास्थ्य सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा र स्काइल्याण्ड मल्टीमिडिया प्रा.लि. प्यूठानको सहजीकरणमा बिहिवार रम्दी स्वास्थ्य चौकीको भवनमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं कार्यक्रमका प्रमुख अथिति ध्रुब कुमार पोखरेलले प्राविधिक कारणले सुत्केरी प्रोत्साहन भत्ता सुत्केरी भइ घरजाने समयमा दिन नसकेको बताएका छन् । स्वास्थ्य चौकीको भवन जीर्ण अवस्था रहेको हुंदा स्वास्थ्यकर्मीहरुले सेवाग्राहीलाई दिने सेवा केही अफ्ठ्यारो भएको स्वीकारेका छन् । सहभागीहरुले सोधेको प्रश्नको जवाफ दिदै अब तुरुन्तै नयाँ भवनमा सरेमा सेवालाई चुस्त दुरुस्त राख्नेमा आफु विश्वत रहेको उनले बताए ।

आमा समुह, स्वयमसेवीका, महिला समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, स्थानियवासी लगायतका करिब ४० जनाको सहभागीता रहेको थियो । रम्दी स्वास्थ्य चौकी प्रमुख भगवती सिंहले साघुरो भवनका कारण सेवाग्राहीलाई सेवा प्रदान गर्न कठिनाइ भएको बताउदै नया भवन गएसंगै सहज हुने बताइन् । कार्यक्रममा सञ्चारकर्मी सन्तोष सुनारले सेवाग्राहीसंगको मत सर्वेक्षण रिर्पोट प्रस्तुत गरेका थिए । राधिका भुसालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष माण्डवी गाउँपालिका ५ रम्दीका वडा अध्यक्ष दुर्गा प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैगरी माण्डवी गाउँपालिका भित्रका पाँच वटै वडामा रहेका  पाँच वटै स्वास्थ्य चौकीहरुमा क्रमश सामाजिक स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने आयोजकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्