समय : ०५:२९ am | शनिबार , श्रावण ११ गते २०८१

प्युठान नगरपालिका भित्र दादुरा रुबेला खोप सुरु

सन्तोष सुनार | फागुन ८ गते २०८०

प्युठान। जिल्लाको प्युठान नगरपालिका भित्र दादुरा रुबेला खोप अभियान फागुन तेह्र गते देखी सुरु हुने भएको छ । मङ्गलबार प्युठान नगरपालिकाको सभाहलमा नगरपालिकाको खोप समन्वय समितिका सदस्यहरुको बैठक तथा गोष्ठी बसी फागुन १३ गते देखी १८ गते सम्म नगरपालिकाको १० वटै वडामा दादुरा रुबेला खोप अभियान हुने  भएको छ।

 दादुरा रुबेला खोप ९ महिना देखि ५ वर्ष मुनिका र ९ महिना देखी १५ वर्ष मुनिका बालबालिकालाई खोप‌ लगाइने छ। कार्यक्रममा बच्चालाई दादुरा खोप , टि. टी खोप‌ लगाउदा बच्चा धेरै स्वास्थ रहने र फुर्तिलो हुने स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरे बताए।बच्चालाई गर्भवस्था देखी लगाइने खोप , क्याल्सिएम र आइरन चक्की बच्चाको आमाले खादा बच्चा जन्मिदा राम्रो हुने भएकाले गर्भवति महिलाहरुले अनिवार्य रुपमा खान आग्रह समेत गरेका थिए ।

बच्चालाई खोप ‌लगाउदा भुगोला अनुसार सबैलाइ पाएक पर्ने स्वास्थ्य चौकी र विद्यालयमा व्यवस्थापन गरेको बताएका छन । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ प्युठान सचिव प्रकास वैद्यले यस खोप अभियानलाइ सफल बनाउन सकारात्मक तरिकाले सञचार क्षेत्रबाट आफुले जानकारी गराउने तथा खबर गर्न सहयोग गर्ने बताउदै सम्पुर्ण सञ्चारकर्मीहरुलाइ जानकारी गराउन आग्रह गरेका छन्।

प्युठान नगरपालिका भित्र रहेका ३ हजार ४  सय अन्ठानब्बे जना बालबालिकालाइ खोप दिइनेछ।प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माको‌ अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारी , सम्पुर्ण वडा अध्यक्ष ,मल्लरानी ग्रामिण सरोकार केन्द्रको प्रतिनिधि मोनिका श्रेष्ठ ,स्वास्थ्यकर्मी पत्रकार, नगरपालिकाको युवा क्लवको अध्यक्ष तारा वहादुर घर्ति मगर लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रम संचालन स्वास्थ्य शाखामा कार्यरत बसन्ता अधिकारीले गरेकी थिईन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page