समय : ०६:१९ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा अस्पतालको भवन निर्माण अन्तिम चरणमा

स्वर्गद्वारी अपडेट | पौष २९ गते २०८०

प्युठान। माण्डवी गाउँपालिकाको -३ देबिस्थानमा सुबिधा सम्पन्न अस्पताल निमार्ण कार्य तिब्र गतिमा हुदैछ।

२०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अघि सारेको थियो।सोही अनुरुप देबिस्थानमा स्थानीय सरकारले अस्पताल निर्माण गरिरहेको छ।

कूल १५  शय्याको आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन यतिबेला धमाधम निर्माण भईरहेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार  १५ शय्याको भवन २ वर्ष ६ महिना अगाडी प्रक्रियामा गए पनि निर्माणको काम भने आर्थिक वर्ष ०७७  /७८ देखी सुरु गरेको पालिका स्वास्थ्य प्रमुख ध्रुव कुमार पोखरेलले बताए।अस्पताल निर्माणमा  कुल रकम १७ करोड ६२ लाख बजेट बिनियोजन भएको छ ।

कोभिड महामारीबाट सिकेको अनुभवको आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए।उनले भने –"यस अस्पतालबाट विशेषज्ञ सहितको सेवा प्रवाह हुने छ।" थप्दै पाण्डेले भन्छन् -" कर्मचारी व्यवस्थापन भने थप चुनौती देखिने छ।" अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको बताउदै ,यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको अधिकृत पाण्डेले बताए।   

माण्डवी गाउँपालिकामा कुल ५ वटा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य ईकाईबाट सेवा प्रवाह भएको पालिकामा बिरामीहरुको सेवा दिदै आईरहेको स्वास्थ्य प्रमुख पोखरेलले बताए ।

पालिकाको कुल जनसंख्या १५ हजार  ८ सय ६३ र ५ वडा रहेको छ।निर्माण सम्पन भए यस भेगका बिरामीहरुलाई प्युठान जिल्ला अस्पताल धाउन पर्ने छैन।         

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page