समय : ०९:३९ am | शनिबार , श्रावण १२ गते २०८१

अस्पताल कुनै व्यक्तिको नभई सामुहिक हो ,डा.राजेन्द्र पौडेल

सन्तोष सुनार | असाेज १३ गते २०८०

असोज १३ गते ,प्युठान । अस्पताल कुनै व्यक्तिको नभई सामुहिक भएको डा.राजेन्द्र पौडेल बताएका छन ।

शनिवार प्युठान अस्पताल विजुवारको आयोजनामा अस्पतालको वरिपरि सरसफाई तथा फोहोर व्यवस्थापन एक कार्यक्रम बिच गरिएको छ । उक्त सरफाईको कार्यक्रमको अवसरमा प्युठान अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजेन्द्र पोडेलले अस्पताल कुनै पनि व्यक्तिको नभई सामुहिक भएकाले अस्पतालमा भएका समस्याहरुको समधान गर्न सम्पुर्णलाई ध्यानकार्षण हुनु आवश्यक रहेको बताएका थिए । अस्पतालको वरिपरी सरफाई गर्नु तथा सम्पुर्ण साझा सम्पत्तिको मर्मत संभार गर्नु सबैको दाहित्व भएको जिकिर गरेका थिए ।

प्युठान अस्पतालको वरीपरी तथा भित्र – बाहिर रहेको फोहोरलाई व्यवस्थापन गर्न अवका दिनमा प्रत्येक शनिवार सरफाई गर्ने बताउदै स्थानीय बासीन्दा ,विभिन्न सामाजिक संघ संस्था , सामाजिक अभियान्ता , सुरक्षाकर्मी, राजनिक दलका भातृ संगठनका विद्यार्थीलाई समेत बोलाई स्वास्थ्य नै धन हो भन्ने नाराका साथ सरफाई गरी समाजमा जनचेना सन्देश फैलाउने धाराण व्यक्त गरेका थिए ।

प्युठान अस्पतालबाट विरामीले पाउने सेवा पहिलेको भन्दा अहिले धेरै सुधार आएको समेत उहाँको भनाई रहेको छ । यस अस्पतालमा रोल्पा , गुल्मी बाग्लुङ जिल्लाबाट विरामीहरु आउने गर्दछन । त्यस्तै कार्यक्रममा अस्पतालबाट पाउने स्वास्थ्य सेवा सम्पुर्ण जनसमुदायको तथा मानिसहरुको हक तथा अधिकार भएको पातञ्जल योग समिति नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. ओमहरीे भट्टराइले बताएका थिए ।

वातावरण सरसफाई गर्नु भनेको विभिन्न रोगहरुबाट बच्नु बताउदै जीवनमा दैनिक दुई घण्टा योगा गर्दा पनि आफुलाई स्वस्थ राख्न सकिने डा .भट्टराईले बताएका थिए । सरसफाई कार्यक्रममा अस्पतालका कर्मचारी , इलाका प्रहरी कार्यलय विजुवारको मातहतमा रहेका सुरक्षाकर्मीहरु ,पत्रकार , सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page