समय : ०१:२० pm | शनिबार , श्रावण १२ गते २०८१

देवीस्थान स्वास्थ्य चौकीको आयोजनामा सवारी दुर्घटना कार्यक्रम

स्वर्गद्वारी अपडेट | असाेज ११ गते २०८०

११ असोज ,प्युठान।प्युठानमा सवारीसाधन चलाउँदै आएका चालकहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

देवीस्थान स्वास्थ्य चौकीले आयोजना गरेको तथा जिल्ला ट्राफिक कार्यालय प्यूठानको समन्वयनमा जस्पुरमा बिहिबार चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएकोछ।सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालकहरुको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरुलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको प्युठान जिल्ला ट्राफिक कार्यालय प्रमुख चन्द्र के.सीले बताए  ।सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि जिल्लामा बिभिन्न ठाउँहरुमा शिविर सञ्चालनमा ल्याइएको प्युठान जिल्ला ट्राफिक प्रमुख के.सीले बताए।

माण्डवी गाउँपालिका ३ देवीस्थान स्वास्थ्य चौकीका प्रमुख गिर बहादुर नेपालीले स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले चालकहरुको आँखा, रक्तचापलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गराउन थालिएको बताए।उनले भने –"यात्रुबाहक सवारी साधनको चालक सेवा पुर्‍याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिएपनि गाडी चलाएर आउजाउ गर्दा बाँसस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने स्वास्थ्य चौकी प्रमुख नेपाली स्वर्गद्वारी अपडेट लाई जानकारी गराए।

माण्डवी गाउँपालिका स्थित जस्पुरमा सवारी दुर्घटना न्यूनिकरणको लागि सवारी चालकहरु ,यात्रु तथा सर्वसाधारण गरी १ सय पाँच जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।जस अन्तर्गत एघार जनाको आँखाको समस्या, एकतिस जनाको  उच्चरक्तचापको समस्या देखिएको थियो भने त्रिसठ्ठी जनाको स्वास्थ्य अवस्था सामान्य रहेको देवीस्थान स्वास्थ्य चौकीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page