समय : १०:१५ am | शनिबार , श्रावण १२ गते २०८१

    प्युठानकै उत्कृष्ट देवीस्थान स्वास्थ्य चौकी

राधिका भुषाल | भाद्र १९ गते २०८०

प्यूठान । गत आर्थिक वर्ष २०७९ /०८० को कार्य सम्पादन मुल्यांकनका आधारमा देविस्थान स्वास्थ्य चौकी  प्यूठानकै उत्कृष्ट भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा उत्कृष्ट स्थान लिएको देविस्थान स्वास्थ्य चौकीलाई सम्मान गरेको हो । स्वास्थ्य संस्थाको वार्षिक प्रगतिको मुख्य सुचकहरुको मुल्यांकनको आधारमा  उत्कृष्ट भएकोले देविस्थान स्वास्थ्य चौकीलाई सम्मान गरेको स्वास्थ्य चौकी प्रमुख गिर बहादुर नेपालीले बताए ।  ‘हामीले गत वर्षमा ९२ जना महिलालाई सुत्केरी गराइ हाम्रो कार्य क्षेत्रमा शुन्य होमडेलिभरी गराएका थियौ ।’– प्रमुख नेपालली भने– ‘कतिपय अवस्थामा एम्बुलेन्स चालक बिदामा हुंदा पनि म आफै एम्बुलेन्स चलाएर सुत्केरीलाई  स्वास्थ्य सम्म पु¥याउने गरेको थिए ।’ प्रजनन् स्वास्थ्य उमेरका महिलाहरु स्वास्थ्य संस्थामा आउने गरेको बताउदै पी.एन.सी (घरघरमा सुत्केरीलाई भेट्न जाने) कार्यक्रम पनि उत्कृष्ट गरेको उनले बताए । पोषण कार्यक्रम, खोप कार्यक्रम सबै क्षेत्रमा राम्रो नतिजा आएकोमा आफुलाई काम गर्न थप हौसला थपिएको उनको भनाइ छ ।

सात जना कर्मचारी रहेको माण्डवी गाउँपालिका ३ मा रहेको देविस्थान स्वास्थ्य चौकीबाट ल्यावको सम्पूर्ण परिक्षण, ओ.पि.डी. सेवा, परिवार नियोजनको सेवा लगायतका सेवा दिदै आएको छ ।

माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र पोख्रेलले पालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा डेलिभरी हुन आउने सुत्केरी महिला र अभिभावकलाई खाना नास्ताको व्यवस्था गरिएको बताए । पाँच स्वास्थ्य चौकी र तीन स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरुलाई अझै प्रभावकारी बनाइ स्वास्थ्य क्षेत्रमा पालिकालाई नै उत्कृष्ट स्थानमा पु¥याउने पोख्रेलको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page